मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनसम्पर्क समिति अमेरिकाको टहरा निर्माण अभियान सुरू

जनसम्पर्क समिति अमेरिकाको टहरा निर्माण अभियान सुरू


हिमालय खबर  काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ३ विपद् व्यवस्थापन समितिको अनुरोधमा नेपाली जनसम्पर्क समिति अमेरिका, नर्थ फेस हेल्पिङ हयाण्ड्स र क्यूनिना नेपालले संयुक्त रुपमा भूकम्पपीडितका लागि टहरा निर्माण अभियान सुरू गरेको छ ।

काठमाडौँ क्षेत्र नं. ३ को विकट गाउँका विभिन्न इलाकाहरुका अति प्रभावितहरुका लागि ४५ वटा टहरा निर्माण सुरु गरिएको जनसम्पर्क अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले जानकारी दिनुभयो । उहाँले विभिन्न इलाकाका अति प्रभावितमध्ये एकल महिला, विपन्न वर्ग र वास्तविक पीडितहरुको पहिचान गरी टहरा निर्माणमा खटिएको जानकारी दिनुभयो । टहरा निर्माणका लागि ५० जनाभन्दा बढी स्वयम्सेवकहरु खटिएका छन् ।

Advertisement
ADVERTISEMENT

haribol5टोलीमा विपद् व्यपस्थापन समितिका संयोजक एवम् कांग्रेस महासमिति सदस्य गजेन्द्रकुमार लामाले अमेरिकामा रहेर पनि नेपालीहरुको दुःखपीडामा समर्पित भएर सहयोग पु¥याएकोमा नेपाली जनसम्पर्क समिति अमेरिकालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

haribol7जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारीले छोटो समयको नेपाल बसाईमा पनि भूकम्पपीडित जनताको पुनर्वासका लागि अस्थायी रुपमै भए पनि टहरा निर्माण गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । निकट भविष्यमा बर्खायामलाई ख्याल गर्दै यस प्रकारका थुप्रै टहरा निर्माण गर्ने जनसम्पर्क समितिको योजना रहेको बताउनुभयो ।

haribolसमितिका केन्द्रीय उपाध्यक्ष धर्मराज श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रका जनताहरु आफूहरुको उपस्थितिका कारण उत्साहित भएर पीडा भुल्ने गरेको पाएपछि सहयोगको दायरा अझै बढाउने उद्धेश्य रहेको बतानुभयो । उहाँले यस क्षेत्रका सामुदायिक विद्यालयहरुको पुनर्निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

haribol4नेपाली जनसम्पर्क समिति अमेरिकाले धादिङ, गोरखालगायतका विभिन्न गाउँहरुमा राहत वितरण गरिसकेको छ । नर्थ फेस हेल्पिङ ह्याण्डस्ले सोलुखुम्बु जिल्लाको विभिन्न ठाउँहरुमा अस्थायी टहराहरु निर्माण गरिसकेको बताउनुभयो ।

शेयर गर्नुहोस:

0
Shares