अर्भिंग (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्थापना दिवसका अवसरमा शनिबार ड्यालसमा मिडिया र समुदायका विभिन्न समसामयीक विषयमा कनक्लेभ आयोजना गरेको छ ।
शनिबार बिभिन्न चारवटा विषयमा कनक्लेभहरु सम्पन्न भएका छन् । ती कार्यक्रमहरुमा नेपाली र अमेरिकी मिडिया, समाज, राजनीतिमा लामो समयदेखि सम्वद्ध व्यक्तिहरुले आफ्नो अनुभव शेयर गरेका थिए । नेजाले प्रवासको नेपाली समुदायमात्र नभएर अन्य देशहरुबाट आएका समुदायीक गतिविधि र तिनलाई मिडियाले दिने कभरेजका बिषयमा सामुदायिक पत्रकारितामा संलग्न विज्ञहरुलाई राखेर यस प्रकारको कार्यक्रम गरेको हो ।
आइतबार पनि नेजाले स्थापना दिवसका अवसरमा बिहान युलेसस्थित पशुपतिनाथ मन्दिरमा रक्तदान कार्यक्रम राखेको छ । त्यस्तै दिउँसो नेपालमा प्रवासी लगानी विषयमा संवाद कार्यक्रम गर्दैछ ।












प्रतिक्रिया