ग्लोबल नेपाली

एनआरएनएलाई परिमार्जित गर्नु पर्छ

एनआरएनएलाई परिमार्जित गर्नु पर्छ


काठमाडौं- गैर आवासिय नेपाली संघका पुर्व अध्यक्ष जिवा लामिछानेले अव संस्थालाई परिमार्जित गरेर अगाडी वढाउनु पर्ने वताएका छन् । काठमाडौंमा आयोजित विदेशमा वस्ने नेपालीको एउटा भेलाका सन्दर्भमा हिमालयखवरसंग कुरा गर्दै लामिछानेले अभियान झण्डै २५ बर्ष पुग्न लाग्दा एनआरएनएले विभिन्न कारणले उतार चढाव भोग्नु पर्यो यसैले अव यो संस्थालाई प्रभावकारी वनाउन विगतका गल्तिवाट सिक्दै परिमार्जन गर्नु पर्ने धारणा व्यक्त गरे ।

हामीले रुसको एउटा सानो कोठामा परिकल्पना गरेको संस्था अहिले ९० देशमा विस्तार भएको छ यस क्रममा यहां विभिन्न प्रकारका उद्देश्यका व्यक्तिहरु पनि आउनु भयो जिवाले भने यसै क्रममा संस्थामा उतार चढाव पनि आयो ।

Advertisement

हाम्रो अभियानको मुख्य उद्देश्य एक पटकको नेपाली संधैको नेपाली भन्ने नै हो जिवाले भने अहिले संविधानमा दोहोरो नागरिकतालाई स्विकार नगरिए पनि एनआरएनए नागरिकता दिने भन्ने उल्लेख छ यस अनुसार कयौंले एनआरएनए नागरिकता पनि लिनु भएको छ तर, यो नागरिकताले जुन अधिकार दिने भनिएको थियो त्यो पनि नपाउंदा विदेशमा वस्ने नेपाली निराश भएका छन् ।

विदेशमा वस्ने नेपालीको संख्या बृद्धि संगै आर्थिक सामर्थ पनि वढ्दो क्रममा रहेको छ उनले भने विदेशमा वस्ने ८ लाख नेपालीले नेपालमा ५० हजार अमेरिकी डलर वा यस भन्दा वढी लगानी गर्ने सामर्थ राख्छन भन्ने तथ्यांक आएको छ लगानी व्यक्तिगत कुरा हो तर, आफ्नो देशमा ल्याउन जो केही पनि चाहन्छ ।

शेयर गर्नुहोस:

540
Shares