मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

ड्यालसमा विश्व ध्यान दिवस सम्पन्न

ड्यालसमा विश्व ध्यान दिवस सम्पन्न


ड्यालस (टेक्सस) । विश्व ध्यान दिवसका अवसरमा आइतबार ड्यालसमा कार्यक्रम सम्पन्न भएको छ ।

नेप्लिज बुद्धिष्ट एसोसिएसन, जीवन विज्ञान अमेरिका, ओशो ड्यालस र हिमालयन सिद्ध महायोग डिएफडब्लुको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार युलेसमा आयोजित कार्यक्रममा ध्यान र योगको महत्वका बारेमा प्रशिक्षकहरुले बताएका थिए ।

Advertisement

मानिसको जीवनमा भएको तनाव दूर गर्न, योगको माध्यमबाट स्वास्थलाई तन्दुरुस्त राख्न योग तथा ध्यान अत्यन्तै जरुरी रहेकोमा प्रशिक्षकहरुले जोड दिएका थिए ।

त्यस अवसरमा बुद्धिष्ट मेडिटेसनका विधिका बारेमा स्वयम्भु शाक्य, जीवन विज्ञान मेडिटेसनका बारेमा अञ्जु चुडाल, ओशो मेडिटेसनका बारेमा स्वामी रामकृष्णानन्द, हिमालयन सिद्ध मेडिटेसनका बारेमा मेघनाथ पराजुलीले प्रकाश पार्नुका साथै योगाभ्यास समेत गराएका थिए ।

शेयर गर्नुहोस:

4.1k
Shares