ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी) को आज शनिबार भएको निर्वाचनमा तीन हजार आठसय ८५ सदस्यहरुले मतदान गरेका छन् । यो कुल सदस्य संख्याको ६२ प्रतिशत हो ।
नेपाली समाज टेक्सस अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुको सामाजीक संस्था हो । २५ बर्ष अघि स्थापना भएको यो संस्थाको नयाँ कार्यसमितिको लागि शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजे सम्पन्न भएको हो । साँझ ७ बजेसम्म मतदानको लागि लाइनमा बस्नेहरुले मतदान गर्न पाउने व्यबस्था अनुसार ८ बजे मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार कुल ६ हजार एकसय ९० सदस्यहरु मध्य आजको चुनावमा तीनहजार आठसय ८५ ले मताधिकार प्रयोग गरेका हुन् ।
मतदान सम्पन्न भएपछि अब केही बेरमै बैठक बसेर मतगणना कार्य सुरु हुने समेत आयोगले जनाएको छ । कुल १६ पदमा ३३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।












प्रतिक्रिया