मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

चर्चित चार नेपाली नारी कलाकारहरुलाई बोस्टनमा स्वागत, पहिलो सांगीतिक कार्यक्रम बोस्टनमा हुदै

चर्चित चार नेपाली नारी कलाकारहरुलाई बोस्टनमा स्वागत, पहिलो सांगीतिक कार्यक्रम बोस्टनमा हुदै


नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखर चड्दै गरेका चार नारी कलाकारहरुलाई अमेरिकाको बोस्टन सहरमा स्वागत गरिएको छ। अमेरिकावासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्दै नाच्न नचाउन पहिलो पटक अमेरिका भित्रिएका गायिकाहरु शान्ति श्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकाललाई प्रवासी नेपालीहरुले बोस्टनमा स्वागत गरेका हुन्।

उनीहरु दुइ महिने सांगीतिक यात्रा ‘अब नाच्छ अमेरिका’ को दौडाहाका क्रममा अगष्ट ८ तारिख बिहिबार बोस्टन आइपुगेका छन्। नेपालीहरुको महान चाड हरितालिका तीजको सरेफेरी पारेर अमेरिका भरी आयोजना गर्न लागिएको उक्त सांगीतिक यात्राको पहिलो कार्यक्रम यही आउदो अगस्ट १० तारिख शनिबार साँझ बोस्टनको 47 Nichols Ave, Watertown, 02472 मा हुदैछ। यस कार्यक्रमको संयोजनकारी भूमिकाको बागडोर बोस्टनका लागि नेपालका पर्यटन प्रवर्धक तथा घरजग्गा कारोबारी मिलन गुरुङले सम्हालिरहेका छन्।

कलाहरुसंग भेटघाट तथा स्वागत कार्यक्रममा पाहुना कलाकारहरुलाई फूलको गुच्छा दिएर स्वागत गर्दै गुरुङले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। यसैगरी, बोस्टनमा हुने सांगितिक कार्यक्रमको संयोजनमा सहयोगीको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका डिजे सन्दिप भट्टराई, ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)की अध्यक्ष अन्जु थापा, शृजनशील नेपाली महिला समूह, नरउडकी अध्यक्ष सानु वर्मा अधिकरीलगायतले कलाकारहरुलाई खादा लगाइदिएर स्वागत गरेका थिए। कार्यक्रममा, पशुपतिनाथ बुद्ध फाउण्डेशन (प्याब्फोन)का अध्यक्ष बिरोचन नेपाल, मेट्रो वेस्ट नेपाली कम्युनिटी, नरउडका अध्यक्ष सुरेश ढकाल, बोस्टन लोक सुसेली समूहका अध्यक्ष सुन्दर गुरुङ, मगर संघ अमेरिकाको म्यासाचयुसेट्स च्याप्टरका अध्यक्ष देवराज पुनलगायत प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, कलाकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरुले कलाकारहरुले
नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै दुइ महिने अमेरिकाको सांगीतिक अभियानको सफलताको कामनासमेत गरेका थिए।

कार्यक्रममा सरिक भएका कलाकारहरुले बोस्टनवासी प्रवासी नेपालीहरुले आफूहरुलाई प्रदान गरेको आत्मीय आतिथ्यता र स्वागतका लागि धन्यवाद व्यक्त गरेका थिए। चारै जनाको अमेरिका आगमन र सांगितिक कार्यक्रम पहिलो पटक भएको र ‘अब नाच्छ अमेरिका’ सांगीतिक कार्यक्रम रमाइलो हुनुका साथै महिला सशक्तिकरणको लागि एक नमूना कार्यक्रम हुने दावी गरे। उनीहरले कार्यक्रमा सहभागिता जनाइ साथ दिन सबैलाई अनुरोधसमेत गरेका छन्।

तीजको पूर्व सन्ध्यामा आयोजना गरिएको कार्यक्रममा धनगढी, सोल्टी बजारमा, आगो बिना बिडी, घर कता हो, अरेली काँडैलेलगायत चर्चित गीतहरुकी गायिका शान्ति श्री परियार, फोटो फिरिममा, उनको प्रति, पानी छम्किने, चाहन्छुलगायत चर्चित गीतहरुकी गायिका रचना रिमाल, पिरतीमा दम छ, कान्छी मुसुक्कै, उही मुलाको सिन्कीलगायत चर्चित गीतहरुकी गायिका ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकालसंग साक्षात्कार गर्दै छमछमी नाचेर रम्न न्यू इंङ्गल्याण्डवासी प्रवासी नेपालीहरु आतुर भइरहेका छन्।

बोस्टनमा हुने कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरिरहेका मिलन गुरुङले दिएको जानकारी अनुसार बोस्टनमा हुने ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रममा सहभागिताका लागि टिकट बिक्री खुला गरिसकिएको र लगभग लक्ष्य अनुसारको टिकट बिक्री भइसकेको उनले जानकारी दिए। नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने, नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने, आपसी सम्बन्ध कसिलो बनाउने र नेपालीहरुको महत्वपूर्ण पर्व तीज सामूहिक रुपमा हर्षोल्लासका साथ मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए। गुरुङले यस कार्यक्रममा सहभागी भइ रमाउन अग्रिम टिकट किनेर आफ्नो सिट सुरक्षित गर्न सबैलाई अनुरोधसमेत गरेका छन्। आयोजकले कार्यक्रममा सहभागी हुनका लागि प्रति टिकटको मूल्य अग्रिम किनेमा ४० डलर र कार्यक्रम स्थलमा किनेमा ५० डलर तोकेको छ।

सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ अमेरिका भरी फ्लाइ नेपाको प्रस्तुतिमा हुदैछ। अमेरिकाको पेन्सिलभेनियाका लागि नेपाली पर्यटन प्रवर्धक तथा फ्लाइ नेपाका प्रमुख बिनोद अधिकारीले जनाए अनुसार उक्त कार्यक्रम बोस्टन सहरसहित अमेरिकाको विभिन्न २९ सहरहरुमा हुने तयारी भइरहेको छ।