मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
नेपाल   

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी, अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी, अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । मंगलबारदेखि सुरू भएको एनआरएनएको ११ औँ महाधिवेशनमा नयाँ पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो ।

काठमार्डौको सोल्टी होटलमा भइरहेको महाधिवेशनमा बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ । अनलाइनबाट मतदान गर्नेले बुधबारराति १२ बजेदेखि नै मतदान गरिरहेका छन् । उनीहरुले राति १२ बजेसम्म मतदान गर्न पाउने छन् ।

एनआरएनएको अध्यक्ष पदमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका लागि रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, कतारबाट आरके शर्मा र अमेरिकाबाट रविना थापाले उमेदवारी दर्ता गराएका थिए । तर, अन्तिम समयमा बुधबार साँझ रविना थापाले अर्का उमेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् ।

महासचिवका उमेदवार गौरीराज जोशीले भने, ‘विदेशमा रहनुभएका मतदाताले मतदान गरिरहनुभएको छ । उहाँहरुले आफ्नो विवेक प्रयोग गरिरहनुभएको छ । मैले सबै मतदातासँग फेरि पनि आफ्नो विवेक प्रयोग गरेर सही नेतृत्त्व चयन गर्नुहोस् भन्ने धारणा राखेको छु ।’

४ हजार २२७ मतदाताले एक जना अध्यक्ष, एक महिला र एक युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्ष लगायत ७४ जना पदाधिकारी चयन गर्नेछन् । ६ जना उपाध्यक्षका लागि १८ जनाको उमेदवारी रहेको छ ।

शेयर गर्नुहोस:

216
Shares