मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ह्युस्टनमा भव्य तिज महोत्सव

ह्युस्टनमा भव्य तिज महोत्सव

सुजन पण्डित

शेयर गर्नुहोस:

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संधै झैं यो वर्ष पनि ह्युस्टनमा भव्य तिज महोत्सव सम्पन्न भएको छ। नेपालीहरुको बढी बसोबास भएको सबै अमेरिकी शहरहरुमा सबै मुख्य चाडपर्व सामूहिक ढङ्गले मनाउने प्रचलन बढ्दो छ। यसै सन्दर्भमा सामुहिक दर, नाचगान र सामुहिक पूजा कार्यक्रम सहित ह्युस्टनमा ‘हरितालिका तिज’ महोत्सव समापन भएको छ।

गुल्मी समाजको तिज महोत्सव

खासगरी रातो साँस्कृतिक पोसाक, गर-गहना, हरिया पोतेले सजिएका नेपाली नारीहरुको सार्वजनिक चहलपहल देखिन थालेपछि तिज आएको थाहा भइहाल्छ। तिजको अर्को विशेषता भनेको नारीका खुसी, बेदना, उत्पीडन, मुक्तिका कथा समेटिएका नारी-प्रधान तिज गीत जताततै घन्किनु पनि हो।

गुल्मी समाज ह्युस्टनले गत आइतवार ह्युस्टनमा आयोजना गरेको तिज महोत्सवको दृ्ष्य ठ्याक्कै त्यस्तै थियो। ह्युस्टन वरिपरिका सयौं आमा-दिदी-बहिनीहरु रातो साडी र गहनामा सजिएर गुल्मी समाजको तिज महोत्सवमा सहभागी भएका थिए।

सामूहिक दर खाँदै परम्परागत र आधुनिक तिज गीतमा छमछमी नाच्दै रमाएका आमा-दिदी-बहिनीहरुले तिज महोत्सवलाई भव्य बनाइदिएका थिए। आमा-दिदी बहिनीहरुको नाच हेर्न र सामूहिक दर खाने कार्यक्रममा पुरूषहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। करिब तीन सय सहभागिता रहेको गुल्मी समाजको तिज महोत्सवमा नेप्लिज एशोसियसन अफ ह्युस्टन, सृजनशील नेपाली समाज र नेप्लिज हेरिटेज यूनियनको समेत सक्रिय सहयोग र सहभागिता रहेको आयोजकहरुले जानकारी गराएकाछन्।

तारा बराल दम्पतिको सम्मान एवं बिदाइ

यसैबीच गुल्मी समाज ह्युस्टनले गत २० वर्ष देखि ह्युस्टनमा बस्दै आउनु भएका बरिष्ठ पत्रकार एवं समाजसेवी तारा बराल तथा पत्रकार एवं साहित्यकार बिटु केसी स्थायी रुप मै नेपाल फर्कन लाग्नु भएकोमा बराल दम्पतिको सुखद नेपाल बसाइको कामना सहित हार्दिक बिदाइ गरेको छ। गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारीको अनुरोधमा पूर्व अध्यक्ष बाबुराम ज्ञवालीले बराल दम्पतिलाई सम्मानपत्र प्रदान गरेका थिए भने उपाध्यक्ष रामकृष्ण सापकोटाले खादा लगाएर सम्मान गरेका थिए।

पशुपतिनाथ मन्दिरमा तिज पूजा

बृहत्तर ह्युस्टनस्थित पशुपतिनाथ मन्दिरमा हिजो एक भव्य तिज पूजा कार्यक्रम भएको छ। नेप्लिज एशोसियसन अफ ह्युस्टन एवं मन्दिर व्यवस्थापन समितिको संयोजनमा भएको सामूहिक पूजा कार्यक्रममा सयौं ब्रतालु नारीहरुको सहभागिता रहेको मन्दिरका पूजारी गुरु दिलीप शास्त्रीले बताउनु भएको छ।

गुरु शास्त्रीका अनुसार विहान ११ बजे र साँझ सात बजे गरेर दुई चरणमा भएको पूजा कार्यक्रममा सयौंको संख्यामा ब्रतालु महिलाहरुले सामूहिक पूजा अर्चना गरेका थिए। मन्दिर व्यवस्थापन समितिले ब्रतालुहरुलाई पूजामा सहज बनाउन स-शुल्क पूजा सामग्री उपलब्ध गराएको थियो।

नेपालीहरु संसारभर जहाँ पुगेपनि आफ्नो भाषा, संस्कृति, चाडपर्व र रहनसहन संगै लिएर जान्छन्। जहाँ रहन्छन्, त्यहीं आफ्नो सांस्कृतिक पहिचान कायम राख्छन्। त्यही सांस्कृतिक पहिचानको एउटा उदाहरण हो—सामूहिक तिज महोत्सव, जुन ह्युस्टनका नेपालीले हिजो र अस्ति भव्यताका साथ मनाएकाछन्।

तस्बिर सौजन्यः द्रोण गौतम/ संगिता रिसाल/एनएएच

तस्बिर सौजन्यः द्रोण गौतम/ संगिता रिसाल