मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
हिमालयखवर विशेष   

नर्थ क्यारोलाइनामा सातौं नेपाल डे मनाइने

नर्थ क्यारोलाइनामा सातौं नेपाल डे मनाइने


मोरिसभिल (नर्थ क्यारोलाइना) । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ ।

कार्यक्रम २०२३ अप्रिल १५ का दिन मोरिसभिलको चर्च स्ट्रीट पार्कमा हुनेछ । संस्थाले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रम मोरिसभिल स्थित चर्च स्ट्रीट पार्कमा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकी सहित सुरु हुने छ ।

Advertisement
ADVERTISEMENT

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिव डा. विकास शाक्यका अनुसार कार्यक्रममा नेपाली मुलका र नेपाललाई मायाँ गर्ने समुदायका गरि झन्डै एक हजार जना जति सहभागी हुने अपेक्षा गरिएको छ। सांस्कृतिक झाँकी पश्चात् नयाँ बर्षको शुभकामना आदानप्रदान र नेपाली परम्परागत नृत्य र गीत सहितका रमाइलो सांस्कृतिक कार्यक्रम दिनैभरि चल्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

साथमा नेपाली खाद्य परिकार र नेपाली कला सम्बन्धि स्टलहरू तथा स्थानीय संस्था र व्यवसायीका स्टलहरु पनि कार्यक्रममा रहने कुरा आयोजकले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् । कार्यक्रमको विशेष अतिथिको रुपमा स्टेट सेक्रेटरि इलेन मार्शल उपस्थित रहने र उनैले र्‍यालीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

टाउन अफ मोरिसभिल र वेक काउन्टीले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको छ । प्रवासमा स्थानिय सरकारको मान्याता सहित यसरी नेपाल दिवस मनाउनु आफैमा गर्वको कुरा भएको बताउँदै यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जिवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास आयोजक संस्थाका अध्यक्ष आरपी पौडेलले व्यक्त गरेका छन्।

नेपाल दिवस कार्यक्रममा आफ्नो पहिचान झल्किने भेषभुषा सहित सहभागी भई प्रवासमा नेपाली पहिचानलाई अझ उच्च पार्नको लागि आयोजक संस्थाले सम्बन्धित सबैलाई आह्वान गरेको छ।
“हामी सातौं नेपाल दिवस कार्यक्रमको आयोजना गर्न र स्थानीयसँग नेपाली नयाँ वर्ष मनाउन पाउँदा हर्षित छौं” अध्यक्ष पौडेलले भने, “यो समृद्ध नेपाली सम्पदा र विविधता प्रदर्शन गर्ने उपयुक्त अवसर पनि हो । यसले नर्थ क्यारोलाइनाका नेपाली मूलका जनताबीचको सहकार्य र एकतालाई पनि उजागर गर्ने छ ।”

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना सन् १९९९ मा स्थापना गरिएको संस्था हो । नेपाली संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका साथै नेपालमा रहेका र यहाँका बासिन्दाहरू बीचको सहकार्यलाई सहजीकरण गर्ने पनि यसले उद्देश्य राखेको छ ।

शेयर गर्नुहोस:

729
Shares