मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

वसन्तबहादुर कुँवर एक नम्बरमा एआइजी बढुवा सिफारिस


काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरुलाई बढुवा सिफारिस गरेको हो । समितिले धनुषाको जनकपुर दरबन्दी रहेका वसन्तबहादुर कुँवरलाई एक नम्बरमा एआइजी बढुवा गर्न सिफारिस गरेको छ ।

यस्तै, डिआइजीहरू दाङको तुलसीपुर दरबन्दी रहेका टेकप्रसाद राई, मकवानपुरको हेटौँडा दरबन्दी रहेका दीपक थापा, मोरङको विराटनगर दरबन्दी रहेका श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग नक्साल, काठमाडौँ दरबन्दी रहेका किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

भर्खरै बढुवा भएका एआइजी कुँवरलाई बधाई ज्ञापन गर्दै पत्रकार न्यौपाने ।

यसैबीच, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष एवं हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले एआइजीमा बढुवा सिफारिस भएका वसन्तबहादुर कुँवरलगायत पाँच एआइजीहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले एआइजीहरुले देशमा सुव्यवस्था र शान्ति कायम गर्न उदाहरणीय भूमिका निर्वाह गर्ने अपेक्षासमेत राखेका छन् ।

शेयर गर्नुहोस:

135
Shares