अमेरिका । क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा रहेका नेपालीले नेपाल सम्वत् ११४३ झि न्युदया भिन्तुनाको उपलक्ष्यमा शुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवी तथा व्यवसायीद्वय नारायण सोमनामी र चिनीकाजी श्रेष्ठको संयुक्त प्रमुख आतिथ्यतामा र प्रशान्त मानन्धर र अमृत बज्राचार्यको सभापतित्वमा सम्पन्न सांस्कृतिक कार्यक्रममा सहभागीहरुले नेपाल सम्वत् नेपाली मात्रको मौलिक सम्वत् भएकाले संसारमा जहाँसुकै रहेका नेपालीले यसको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको सञ्चार संयोजनको जिम्मेवारी सम्हालेका मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेका अनुसार विगत वर्षहरुमा भन्दा फरक जोश र जाँगरका साथ यस वर्ष सनफ्रान्सिस्कोमा झि न्युदया भिन्तुनाका नामले मनाइएको यो पहिलो कार्यक्रममा एक सयभन्दा बढी नेपालीको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले भर्खरै दिवंगत भएका संस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेपालीको पहिचानका लागि एकीकृत ढंगले अघि बढेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली प्रकट हुने धारणा राखेका थिए ।
कार्यक्रम झि नेवा अर्गनाइजेसन अमेरिका सनफ्रान्सिस्को वे एरियाका अध्यक्ष अमृत कर्माचार्यको नेतृत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रम झि नेवा अर्गनाइजेसन अमेरिका सनफ्रान्सिस्को वे एरियाका अध्यक्ष अमृत कर्माचार्यको नेतृत्वमा सम्पन्न भएको थियो ।














प्रतिक्रिया