अमेरिका समाचार

अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरुद्ध एकता शिखर सम्मेलन आयोजना गर्ने

अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरुद्ध एकता शिखर सम्मेलन आयोजना गर्ने


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा राष्ट्रको आत्मालाई निको पार्नेू अभियान रहने बताइएको छ । 
 
ह्वाइट हाउसले सो बारे शुक्रबार घोषणा जानकारी दिँदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई बलियो बनाउन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ। 
 
एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्कॉन्सिनलगायत सहरहरूमा घृणा(सञ्चालित हिंसालाई न्यूनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुनेछ। 
गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई जातीय हिंसाविरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए । 
 
सो सम्मेलनले घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसालगायतका अन्य विभेदको अन्त्यका लागि दबाब सृजना गर्ने अपेक्षा गरिएको छ । एजेन्सी