मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महिलालाई प्रतिबन्ध लगाएपछि काबुलका क्याम्पसहरु सुनसान

महिलालाई प्रतिबन्ध लगाएपछि काबुलका क्याम्पसहरु सुनसान


काबुल । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू घरमै सीमित भएकाले क्याम्पसहरु सुनसान भएका हुन् ।   
 
पहिला पहिला भीडभाड तथा चहलपहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन् । 
 
तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।
 
विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानुपर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ । तालिवान प्रवक्ता बिलाल कारिमीले भने महिलाहरूकै हितका लागि यस्ता व्यवस्था गरिएको दाबी गरेका छन् । 
 
अफगानिस्तानमा तालिवान विद्रोहीहरुले अघिल्लो महिना सत्ता कब्जा गरेपछि आफ्नो सरकार बनाउँदै नयाँ व्यवस्थाहरु लागू गरेका छन् । एजेन्सी