मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर १९ करोड बढी कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ४० लाख ८७ हजार

विश्वभर १९ करोड बढी कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ४० लाख ८७ हजार


काठमाडौँ । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८७ हजार नाघेको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८७ हजार जनाको मृत्यु भएको छ । विश्वभर कुल सङ्क्रमितको संख्या १९ करोड ५४ हजार २२३ जना रहेका छन् । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 
 
सो विश्वविद्यालयले प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित देशहरुको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकामा कुल ३ करोड ४८ लाख ८९ हजार जनामा कोरोना पुष्टि भएकोमा ६ लाख २४ हजार २४० जनाको मृत्यु भएको छ । 
 
यस्तै, भारतमा ३ करोड १० लाख ३३ हजार २७७ जना संक्रमित भएकोमा ४ लाख १२ हजार ७२० जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १ करोड ९२ लाख ६३ हजार संक्रमित भएकोमा ५ लाख ३९ हजार ५० जनाको मृत्यु भएको छ । 
 
यस्तै, फ्रान्समा ५८ लाख ९५ हजार ४५३ जना संक्रमित भएकोमा एक लाख ११ हजार ६१९ जनाको मृत्यु भएको छ । यस्तै, रुसमा ५८ लाख १० हजार ३३५ संक्रमित भएकोमा एक लाख ४३ हजार ६५७ जनाको मृत्यु भएको छ । 
                                                              
यस्तै, टर्कीमा ५५ लाख ७ हजार ४५५ जना संक्रमित भएकोमा ५० हजार ४१५ जनाको मृत्यु भएको छ । यस्तै, बेलायतमा ५३ लाख १ हजार २९६ संक्रमित भएकोमा एक लाख २८ हजार ८६४ जनाको मृत्यु भएको छ । 
                                                                     
यस्तै, अर्जेन्टिनामा ४७ लाख १९  हजार ९५२ जना संक्रमित भएकोमा एक लाख ६९५ जनाको मृत्यु भएको छ । यस्तै, कोलोम्बियामा ४५ लाख ८३ हजार ४४२ संक्रमित भएकोमा एक लाख १४ हजार ८३३ जनाको मृत्यु भएको छ । 
                                                 
यस्तै, इटालीमा ४२ लाख ७८ हजार ३१९ संक्रमित भएकोमा एक लाख २७ हजार ८४० जनाको मृत्यु भएको छ । यस्तै, स्पेनमा ४० लाख ६९ हजार १६२ जना संक्रमित भएकोमा ८१ हजार ८४ जनाको मृत्यु भएको छ ।                                                             
                                                    
यस्तै, जर्मनीमा ३७ लाख ४८ हजार ३७९ जना संक्रमित भएकोमा ९१ हजार ३४६ जनाको मृत्यु भएको छ । यस्तै, इरानमा ३४ लाख ६५ हजार ५५ संक्रमित भएकोमा ८६ हजार ५९२ जनाको मृत्यु भएको छ ।                                                   
                                                             
यस्तै, पोल्याण्डमा २८ लाख ८१ हजार १५१ जना संक्रमित भएकोमा ७५ हजार १९१ जनाको मृत्यु भएको छ । यस्तै, इन्डोनेसियामा २७ लाख  २६ हजार ८०३ संक्रमित भएकोमा ७० हजार १९१ जनाको मृत्यु भएको छ ।                                                   
                                                                                                                         
यस्तै, मेक्सिकोमा २६ लाख २९ हजार ६४८ जना संक्रमित भएकोमा दुई लाख ३५ हजार ७४० जनाको मृत्यु भएको छ । यस्तै, युक्रेनमा २३  लाख १४ हजार ८२८ संक्रमित भएकोमा ५५ हजार ९७ जनाको मृत्यु भएको छ ।                                                   
                                                             
यस्तै, दक्षिण अफ्रिकामा २२ लाख ५३ हजार २४० जना संक्रमित भएकोमा ६५ हजार ९७२ जनाको मृत्यु भएको छ । यस्तै, पेरुमा २० लाख ८८ हजार १४३ संक्रमित भएकोमा एक लाख ९४ हजार ८४५ जनाको मृत्यु भएको छ । यस्तै, नेदरल्याण्डमा १७ लाख ९४ हजार १५८ जना संक्रमित भएकोमा १८ हजार ५८ जनाको मृत्यु भएको छ ।