मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना नेगेटिभ अनिवार्य

बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना नेगेटिभ अनिवार्य


वासिङ्टन । अमेरिकी अधिकारीहरुले बेलायतबाट हवाई उडानबाट अमेरिका प्रवेश गर्ने यात्रुहरुले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने घोषणा गरेका छन् । 

बेलायतमा कोभिड–१९ को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । कोभिड–१९ को नयाँ संस्करण निकै संक्रामक रहेको वैज्ञानिकहरुको भनाइ छ । 

Advertisement

नयाँ नियम सोमबारदेखि लागू हुनेछ । बेलायत प्रस्थान गर्नु ७२ घन्टाअघि हरेक यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने छ ।

नयाँ खतरनाक भाइरस देखिएको भन्दै बेलायतबाट न्यूयोर्कका लागि हुने सबै उडानका यात्रुलाई ब्रिटिस एयरवेज र डेल्टा समेतका कतिपय एयरलाइन्सले कोरोना परीक्षण अनिवार्य गरिसकेका छन् ।

बायोएनटेकले कोरोनाको नयाँ संस्करणलाई पनि आफूहरुले विकास गरेको खोपले काम गर्ने सम्भावना रहेको बताएको छ । एजेन्सी

शेयर गर्नुहोस:

594
Shares