वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३३ हजार ३२० व्यक्तिको मृत्यु भएको जोन्स हकिन्स विश्वविद्यालयले बिहीबार जानकारी दिएको छ ।
गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८५ लाख ९५ हजार ६४० व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३९ हजार ८७३ जनाको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ५ हजार १२१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा कोरोना भाइरसबाट मृत्युको हिसाबबाट दोस्रो स्थानमा रहेको छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।
संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । एएफपी
प्रतिक्रिया