न्युर्योक । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको संख्या आइतबार रातिसम्म ३ करोड ७५ लाख ८१ हजार नाघेको छ । यस महामारीबाट विश्वभर १० लाख ७९ हजार मानिसले ज्यान गुमाएका छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
कुल संक्रमितमध्ये २ करोड ८१ लाख ८२ हजार पुगेका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ५५ हजार ४०९ नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार ३२८ नाघेको छ ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ६४ हजार सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ४१२ जनाको मृत्यु भइसकेको छ ।
कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार ८४० नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार २३६ बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी
प्रतिक्रिया