मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना भाइरसबाट १० लाख ७९ हजारको मृत्यु

विश्वभर कोरोना भाइरसबाट १० लाख ७९ हजारको मृत्यु


न्युर्योक । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको संख्या आइतबार रातिसम्म ३ करोड ७५ लाख ८१ हजार नाघेको छ । यस महामारीबाट विश्वभर १० लाख ७९ हजार मानिसले ज्यान गुमाएका छन् ।  विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

कुल संक्रमितमध्ये २ करोड ८१ लाख ८२ हजार पुगेका छन् ।  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ५५ हजार ४०९ नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । 

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार ३२८ नाघेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ६४ हजार सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ४१२ जनाको मृत्यु भइसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार ८४० नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार २३६ बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी