मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टेक्ससमा वेको नेपाली सोसाइटी गठन

टेक्ससमा वेको नेपाली सोसाइटी गठन


वेको (टेक्सस) – टेक्ससको  वेको शहरमा बस्ने नेपालीहरूले नयाँ संस्था गठन गरेर राज्य सरकारमा दर्ता गराएका छन् ।

ड्यालस र अस्टिनको बीचमा पर्ने वेको शहरमा बस्दै आएका नेपालीहरूले वेको नेपाली सोसाइटी नामक संस्था गठन गरेर सेक्रेटरी अफ स्टेटमा दर्ता गराएका हुन् । 

Advertisement

बिगत केही वर्षदेखि यहाँ ब्यबसाय गर्दै आइरहेका ब्यबसायी प्रकाश ज्ञवालीको अध्यक्षतामा संस्था गठन भएको हो । संस्थाले आफ्नो कार्यसमिती बिस्तार गरि सेन्ट्रल टेक्सस वरिपरि रहेका नेपालीहरुलाई समेट्ने लक्ष्य लिएको छ । 

वेको टेक्ससमा पर्ने एक फरक अमेरिकन इतिहास बोकेको रमणीय शहर हो । बेलर युनिभर्सिटी, टेक्सस टेक, म्याक्लेन कलेज, वेको लेक, क्याम्रुन जु, बेलर फुट्बल स्टेडियम, म्याग्नेलिया लगायत विविध आकर्षणहरु रहेको यस शहरलाई टेक्सस राज्यको मुटुका रूपमा पनि लिइन्छ।

शेयर गर्नुहोस:

12.3k
Shares