वेको (टेक्सस) – टेक्ससको वेको शहरमा बस्ने नेपालीहरूले नयाँ संस्था गठन गरेर राज्य सरकारमा दर्ता गराएका छन् ।
ड्यालस र अस्टिनको बीचमा पर्ने वेको शहरमा बस्दै आएका नेपालीहरूले वेको नेपाली सोसाइटी नामक संस्था गठन गरेर सेक्रेटरी अफ स्टेटमा दर्ता गराएका हुन् ।
बिगत केही वर्षदेखि यहाँ ब्यबसाय गर्दै आइरहेका ब्यबसायी प्रकाश ज्ञवालीको अध्यक्षतामा संस्था गठन भएको हो । संस्थाले आफ्नो कार्यसमिती बिस्तार गरि सेन्ट्रल टेक्सस वरिपरि रहेका नेपालीहरुलाई समेट्ने लक्ष्य लिएको छ ।
वेको टेक्ससमा पर्ने एक फरक अमेरिकन इतिहास बोकेको रमणीय शहर हो । बेलर युनिभर्सिटी, टेक्सस टेक, म्याक्लेन कलेज, वेको लेक, क्याम्रुन जु, बेलर फुट्बल स्टेडियम, म्याग्नेलिया लगायत विविध आकर्षणहरु रहेको यस शहरलाई टेक्सस राज्यको मुटुका रूपमा पनि लिइन्छ।












प्रतिक्रिया