मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर एक करोड ८५ लाख ५२ हजार बढी कोरोना संक्रमण मुक्त

विश्वभर एक करोड ८५ लाख ५२ हजार बढी कोरोना संक्रमण मुक्त


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार राति दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८५ लाख ५२ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपि विश्वमा दुई करोड ६३ लाख ३२ हजार ४८४ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बिहीबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७० हजार ३३ जनाको मृत्यु भएको छ । 

Advertisement

हाल विश्वमा ६९ लाख १० हजार १८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ६३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना भाइरसबाट अन्त्यत प्रभावित दस देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६३ लाख ४ हजार ६६० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ४९ हजार ७७३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९० हजार ३२१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ७ हजार ५०२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३२ लाख १० हजार ४०५ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ५७ जनाको मृत्यु भएको छ ।  भारतमा ३९ लाख २४ हजार ५६३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३० लाख ३० हजार ५१३ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५२९ जनाको मृत्यु भएको छ । 

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ६३ हजार ४३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८० हजार १७७ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९५९ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ३३ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७९ हजार ५६८ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ३४८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३० हजार ५९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५३ हजार ४५६ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ३८९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख १० हजार ९५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २४ हजार ९९० कोरोना भाइरस मुक्त भएका छन्  भने ६५ हजार ८१६ जनाको मृत्यु भएको छ । 

स्पेनमा ४ लाख ७९ हजार ५५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १९४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख ३९ हजार १७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख १५ हजार ५३० कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ११८ जनाको मृत्यु भएको छ ।

शेयर गर्नुहोस:

297
Shares