जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार राति दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८५ लाख ५२ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका छन् ।
यद्यपि विश्वमा दुई करोड ६३ लाख ३२ हजार ४८४ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बिहीबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७० हजार ३३ जनाको मृत्यु भएको छ ।
हाल विश्वमा ६९ लाख १० हजार १८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ६३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दस देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६३ लाख ४ हजार ६६० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ४९ हजार ७७३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९० हजार ३२१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ४० लाख ७ हजार ५०२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३२ लाख १० हजार ४०५ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ५७ जनाको मृत्यु भएको छ । भारतमा ३९ लाख २४ हजार ५६३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३० लाख ३० हजार ५१३ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५२९ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ६३ हजार ४३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८० हजार १७७ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९५९ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ३३ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७९ हजार ५६८ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ३४८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३० हजार ५९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५३ हजार ४५६ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ३८९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख १० हजार ९५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २४ हजार ९९० कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार ८१६ जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ लाख ७९ हजार ५५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १९४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख ३९ हजार १७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख १५ हजार ५३० कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ११८ जनाको मृत्यु भएको छ ।












प्रतिक्रिया