न्युयोर्क, अमेरिका । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा बस्ने नेपालीको लागि दोहोरो नागरिकता अहिले सम्भव नरहेको बताएका छन् । न्युयोर्कमा नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले सो कुरा उल्लेख गरेका हुन् । शुक्रबार नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मन्त्रीको स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको बताएका हुन् ।…