एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को रोमाञ्चक फुटबल खेलमा पोर्चुगलले जित हासिल गरेको छ । पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको छ । खेलको चौथो मिनेटमा नै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई हेड गरेर गोलमा परिणत गरेका थिए । सुरुवाती समयमा नै अग्रता…