चेन्नाई सुपर किङ्सले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा…