मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
मुख्य समाचार   

सुपर बलको टिकट ऐतिहासिक महंगो

सुपर बलको टिकट ऐतिहासिक महंगो


तपाई सुपर बलको कत्तिको फ्यान हुनुहुन्छ ? अमेरिकामा सुपर बलको सिजन सुरु भएपछि अफिस, कफिसप, पार्टी जतासुकै यसैको चर्चा परिचर्चा सुरु हुन्छ । अमेरिकामा सबैभन्दा बढी व्यापार हुने अवसर पनि हो यो । मानिसहरु घरमै बसेर टिभीको स्क्रिन, थियटरको अघिल्तिर बसेर मज्जाले खाने र पिउने कुरा लिने भएकोले यसलाई व्यापारको सिजनका रुपमा पनि लिइन्छ ।

तर खेल भएकै रंगशालामा गएर हेर्ने धोको पालेका पनि कमि छैन । जतिसुकै महंगो टिकट भएपनि रंगशालाको एउटा कुनामा बसेर हेर्नुको मज्जा अलग्गै भन्दै मानिसहरु रहर पुरा गर्न जति मूल्य पनि तिर्न तयार देखिन्छन् ।

यसपटक यस्तै भएको छ । आउँदो साता (फेबुअरी ११ तारिक) हुने सुपरबलको यस वर्षको संस्करणको टिकट ऐतिहासिक रुपमा महंगो देखिएको छ । सानफ्रान्सिस्को फोटीनाईन यार्स र कान्सससिटी सेफ बीच हुन लसभेगासको एलिजेन्ट रंगशालामा हुँदैछ । यो खेलको फाइनलको टिकट दर दोस्रो बजारमा औसत ९ हजार डलरभन्दा माथि पुगेको छ । सुपरबलको ५८ औ सिजनको यो प्रतियोगिताको टिकटको माग अहिले निकै बढेको छ ।

टिकट बेच्ने अनलाइन टिकपिकका अनुसार यस पटकको सुपरबलको टिकट मूल्य औसत ९ हजार ५७ डलर छ । जबकी गत वर्षको ५७ औ सिजनको टिकटको औसत मूल्य ५ हजार ७ सय ९५ डलर मात्र थियो ।

यस वर्षको टिकट दर अचाक्ली महंगो हुनुमा स्थानलाई कारण देखाइएको छ । लसभेगास महंगो स्थान भएकोले यस्तो भएको विश्लेषकहरुको दावी छ ।

सिटगीकले राखेको सूचि अनुसार त सुपरबलको यो सिजनको टिकट मूल्य अझै महंगो छ । सिटगीकले जनाए अनुसार प्रति टिकट मूल्य १२ हजार ८२ डलर छ । गत वर्ष स्टेटफार्म स्टेडियम एरिजोनामा भएको ५७ औ सिजनको टिकट मूल्य सिटगीकमा ८ हजार ९ सय ७ डलर थियो ।