मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
नेपाल   

अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपको सहप्रायोजन गर्ने

अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपको सहप्रायोजन गर्ने


बिर्तामोड, झापा । छैटौं झापा गोल्डकप प्रतियोगिताको मुख्य सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाज हुने भएको छ । हिजो यहाँ आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष मुकुन्द ढुंगाना र झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले एमओयुमा हस्ताक्षर गरे ।

अन्तर्राष्ट्रिय झापाली समाजले उक्त नकआउट प्रतियोगिताको दोश्रो पुरस्कारको लागि सातलाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रतियोगिता यही फागुन १९ गतेबाट शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २९ गते खेलाइनेछ । सो प्रतियोगितामा नेपालका अधिकांश राष्ट्रिय टीमले भाग लिएका छन् ।

छैटौं झापा गोल्डकप प्रतिगोगिताको सहप्रायोजन गर्ने अवसर पाएकोमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले खुशी व्यक्त गर्दै प्रतियोगिताको सफलताको कामना गरे । उक्त अवसरमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले सहप्रायोजनको जिम्मेवारी लिएर झापाली समाजले अत्यन्त सह्राहनीय काम गरेकोमा धन्यवाद दिए ।

स्मरण रहोस, अन्तर्राष्ट्रिय झापाली समाजले झापाको सामाजिक , शैक्षिक , खेलकुद लगायत विविध क्षेत्रको विकासमा उल्लेख्य योगदान गरिरहेको छ ।