भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको दु:खद निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ। निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु। नेपालको प्रधानमन्त्रीको रूपमा मैले सन् २०११ अक्टोबर २०-२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा वहाँसंगको गम्भीर…