मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

महामन्त्री थापाको ३७ मिनेट लामो प्रतिउत्तर सुन्न मन लाग्यो

महामन्त्री थापाको ३७ मिनेट लामो प्रतिउत्तर सुन्न मन लाग्यो

-नीरज शाह


शेयर गर्नुहोस:

999
Shares

  • change font
  • change font
  • change font

गएको १ हफ्तादेखी नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक चलिरहेको थियो l ने.का.ले उक्त बैठकको प्रत्यक्ष प्रशारण गरिरहेको भएता पनि सभापति शेरबहादुर देउवाको बाहुल्यता भएको पार्टी बैठकबाट कुनै चमत्कारीक निर्णय आउला भन्ने अपेक्षा नभएको हुनाले खासै त्यति रुची राखिएन l यदाकदा न्युज पोर्टलबाट उक्त बैठकमा सभापति शेर बहादुर देउवाको देवत्वकरण भैरहेको र महामन्त्री गगन थापाको चर्को बिरोध भैरहेको सुन्ने गरिन्थ्यो l यति सम्म कि महामन्त्री थापाले पेश गरेको प्रतिवेदनलाई NGO को Wish List जस्तो सम्म भनेको सुनियो !

नीरज शाह
नीरज शाह

हिजो महामन्त्री थापाको बोल्ने पालो थियो l आफु कांग्रेसी नभए पनि किन किन महामन्त्री थापाको ३७ मिनेट लामो प्रतिउत्तर सुन्ने मन लाग्यो l सुनें ………l गगनले शालीन र भद्र शब्दमा एउटा महामन्त्रीले राख्नु पर्ने आफ्ना कुराहरु अत्यन्त गम्भीरतापूर्वक राखे l

आफुले देखेको “समुन्नत नेपाल र सम्मानित नेपाली” को सपना बाँडे l आफ्नो प्रतिवेदनलाई NGO को Wish List भन्नेहरुलाई “आफुले NGO मा काम नगरेको हुनाले NGO को Wish List कस्तो हुन्छ भन्ने आफुलाई थाहा नभएको” भनेर भद्र जवाफ पनि फर्काउन भ्याए l उनले व्यक्त गरेका प्रत्येक शब्दहरु भित्र जनस्तरमा कांग्रेस प्रतिको नैराश्यता झल्किन्थ्यो l कांग्रेसलाई कसरि पुनः उही पुरानो उचाईमा पु-याउने भन्ने चिन्ता देखिन्थ्यो l त्यसको लागि कांग्रेसमा ब्याप्त प्रबृत्ति र पात्र बदलिनु पर्ने र त्यसको लागि नेतृत्व परिवर्तन गर्नु पर्ने आफ्नो भनाई राखे l नेतृत्व परिवर्तनको लागि आफु सधैं संघर्षरत रहने शाहासिक भनाई समेत सभापति शेरबहादुर कै सामुन्ने राखे l

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ३७ मिनेटको त्यो प्रतिउत्तर सुनिसकेपछि आफु कांग्रेसी नभए पनि मुलुकले कुनै दिन यस्तै व्यक्तिको नेतृत्व पाउनु पर्छ भन्ने मनमा कता कता लागिरह्यो ! अस्तु………….!!!

शेयर गर्नुहोस:

999
Shares