मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने तपाईको टीमको भिष्म संकल्पमा सहयोगी हातहरु बढदै जाउन भन्ने प्रार्थना गर्छु – बिजय कुमार पाण्डे

प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने तपाईको टीमको भिष्म संकल्पमा सहयोगी हातहरु बढदै जाउन भन्ने प्रार्थना गर्छु – बिजय कुमार पाण्डे


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

कुनै युगमा डा भगवान कोइराला – जुत्ता कारखाना रहेको ठाउमा मुटुको अत्याधुनिक अस्पताल बनाउने सपना सुनाउथे। आज दुनियाले त्यो ठांउलाई शहिद गंगालाल अस्पताल भनेर चिन्छ।

पछिल्ला केही बर्ष देखी भगवान कोइरालाका आंखामा मैले अर्कै सपना देखेको छु। हर प्रदेशमा एउटा अत्याधुनिक बाल अस्पताल बनाउने सपना !

Advertisement

आज मिनेन्द्र रिजालले डा भगवान कोइरालाको यो धेरै ठूलो सपनाका लागी पचास लाख रुपैया सहयोग दिएको द्रश्यले मन खुसी भएको छ। मिनेन्द्रजीलाई मैले लामो समय देखी चिनेको छु। यति खुसी उनलाई मैले बिरलै देखेको छु,जति यो तस्वीरमा ..

यो तस्वीर देखेर, गुम्बाको भित्तामा लेखिएको वाक्य सम्झे – ‘ यो संसारमा जति पनि खुसी छ, त्यो अरु पनि खुसी होउन भन्ने भावनाबाट प्राप्त हुन्छ। यो संसारमा जति पनि दुख छ, त्यो आफुमात्र खाउ,आफुमात्र लगाउ भन्ने भावनाबाट जनित हुन्छ … ‘

मिनेन्द्रजी, याद छ, तपाइ कुनै युगमा संचारमंत्री हुनुहुन्थ्यो। म सरकारी नेपाल टेलिभिजनमा काम गर्थे। तपाईले आफै फोन गरेर मलाई तक्मा स्विकार गर्न अनुरोध गर्नु भएको थियो। मैले बिनम्रतापुर्वक तपाईलाई धन्यवाद दिएको थिए । त्यस दिन तपाईको त्यो अफरलाई मैले सुने र बिर्सिए । तर कुन्नी किन हो, आज तपाईको यो कामलाई म सधै याद राख्ने छु ..

अनि भगवान डा’साब – हर प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने तपाई र तपाईको टीमको भिष्म संकल्पमा सहयोगी हातहरु बढदै जाउन भन्ने प्रार्थना गर्छु ..

शेयर गर्नुहोस:

1.8k
Shares