काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर सामूहिकरुपमा राजीनामा बुझाउँदै छन् । यसअघि एमालेले…