मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रविलाई महामन्त्री ढकालको प्रश्नः बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ?

रविलाई महामन्त्री ढकालको प्रश्नः बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ?

हिमालय खबर

शेयर गर्नुहोस:

567
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेस गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै, उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्नसमेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सभापतिज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरुको अभिलेखीकरणका लागि । अरुले बोलेका कुराहरू मलाई मतलब छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलब छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र, अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नु होला ।’

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ । यो अङ्कको कुरो होइन ? लोकतान्त्रिक मूल्य र मान्यताका कुरा हुन् ? सत्य र असत्यको कुरा हो । देउवा ओली र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला । उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोही छैनन् होला तर के ती सही छन् त सभापतिज्यू ?

प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओली र प्रचण्डसँग कम्पेयर गर्ने ? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौँला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको धेरैमाथि हुनपर्छ सभापतिज्यू, दाँजिने तहमा होइन । राजनेता बन्न पर्यो सभापतिज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू, समीक्षा गर्नुहोस् ।

सभापतिज्यू, ‘झिँगासँग उडियो भने गुमा पुगिन्छ । मौरीसँग उड्यो भने, महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।’

मेरा कुराहरू सुनेर सभापतिज्यू, ‘केन्द्रीय सदस्यज्यूहरु कोही पनि नरिसाउनु होला । सच्चिऔँ । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खाली सच्चिनुअघि केही गल्तीहरु गरेँ होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने ।’