धादिङ । धादिङको केन्द्रबिन्दु भएर आज बिहीबार बिहान ४.७ रेक्टरको भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेटमा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर तथा सलाङबाट ३ किलोमिटर उत्तरपश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पको धक्का चितवन, काठमाडौं उपत्यकासहित धादिङका अन्य छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो…