मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित न्यूरो सर्जन तथा पुर्व मन्त्री डा. उपेन्द्र देवकोटा रहेनन्

चर्चित न्यूरो सर्जन तथा पुर्व मन्त्री डा. उपेन्द्र देवकोटा रहेनन्


हिमालयखवर संवाददाता
काठमाडौँ- नेपालका चर्चित न्यूरो सर्जन पुर्व मन्त्री प्रोफेसर डा. उपेन्द्र देवकोटाको सोमबार  निधन भएको छ । काठमाडौ बाँसबारी स्थित आफुलेनै स्थापना गरेको न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनी ६१ बर्षका थिए । 
 
डा. देवकोटा केही समय अघि देखि पित्तथैलीको क्यान्सर देखिएको थियो । नेपालको पदयात्राका क्रममा पेट फुलेपछि काठमाडौ फर्केर स्वास्थ्य जाँच गर्दा क्यान्सर भएको देखिएपछि डा. देवकोटा उपचारका लागि लण्डन गएका थिए । केही पाँच महिना सम्म त्यहाँ उपचार गर्दा रोग निको नभएपछि उनलाई नेपाल फिर्ता ल्याईएको थियो ।  लण्डनमा क्यान्सर उपचारका क्रममा उनलाई किमोथेरापी दिईएको थियो । तर, यसवाट उनको रोगमा कुनै सुधार नभएपछि उनको स्थास्थ्य अवस्था गम्भिर हुँदै गएको थियो ।
गत सातानै उनको निधन भएको हल्ला फैलिएको थियो । त्यतिखेर परिवारका सदस्यहरूले पुर्ख्याैली घर गोरखा लगेर बाल्यकालमा पिएको धाराको पानी पियाएका थिए । 
 
डा. देवकोटा नेपालका विश्वमै न्यूरो सर्जनमा नाम चलेका डाक्टर हुन् । उनले बीर अस्पतालबाट नेपालमा न्यूरो (स्नायु) शल्यचिकित्साको शुरु गरेका थिए । पुर्व राजा ज्ञानेन्द्रको शासन कालमा डा. देवकोटा स्वास्थ्य मन्त्रीपनि भएका थिए । त्यस वेला उनले डाक्टरको जाँच शुल्कमा एकरुपता ल्याउने पहल गरेका थिए । 
 
दरवार हत्याकाण्ड हुँदा पुर्व राजा वीरेन्द्र र उनको परिवारको स्वास्थ्य स्थिती हेर्न उनलाई काठमाडौ स्थित सैनिक अस्पताल लगिएको थियो । नेपालको इतिहासमा सवैभन्दा चर्चित र विवादस्पद उक्त हत्याकाण्ड पछि तत्कालिन राज परिवारका सदस्यहरूलाइ हेर्नेमा उनी पनि थिए । त्यसैले उनको यस विषयमा बोल्ने र भन्ने विषयलाई सर्वसाधारणले चासोका रुपमा हेर्दै आएका थिए । 
 
बेलायतमा उपचार नहुने देखिएपछि बाँकी समय आरामसँग नेपालमै बिताउने भनेर डा. देवकोटालाई काठमाडौ फिर्ता ल्याईएको थियो । रोगले च्याप्दै गर्दा पनि उनले काठमाडौ स्थित एक अनलाइन पत्रिकामा आफ्नो रोग, दरवार हत्याकाण्ड लगायतका विषयमा अभिव्यक्ति दिएका थिए । 
 
डा. देवकोटाको अवस्था प्रति आम नेपाली सर्वसाधारण पनि दुख व्यक्त गरेका थिए । उनी प्रति प्रतिकृया जनाउँदै हज्जारौंले रोगलाई निको पार्ने शक्ती र लामो आयुका लागि प्रार्थाना गरेका थिए । न्यूरो समस्यामा समयमै अस्पताल पुर्याउनु सवैभन्दा महत्वपुर्ण हुने उनले बताउने  गरेका थिए । 
 
नेपालमा एउटा ठुलो अन्तराष्ट्रिय स्तरको अस्पताल खोल्नका लागि उनले मलेखु लगायत विभिन्न स्थानमा जमिन खोजेका थिए । तर, अन्तत बासवारीमा न्यूरो अस्पताल खोलेका थिए । तर, कयौंको जीवन बचाएका डा देवकोटाका लागि भने चिकित्सा विज्ञानले पनि हार खानुपर्यो ।
 
सातै दिनमा किरिया सम्पन्न गरिनेः
डा. देवकोटाको पार्थिव शरीर नेपाली समय अनुसार मंगलबार बिहान ८ बजे देखि दिनको १ बजेसम्म स्नायु अस्पतालमै श्रद्धान्जलिका लागि राखिने छ । 
 
त्यसपछि पशुपति लगेर विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने भएको छ । डा. देवकोटाको किरिया उहाँकी पत्नी र तीन छोरीहरुले आफ्नै घरमा बसेर गर्नेछन् ।किरिया दिनमा किरिया समाप्त गरिने समेत जनाइएको छ ।