नुवाकोट । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आसन्न स्थानीय तह निर्वाचनमा सबै स्थानमा पाँच दलीय गठबन्धन हुनेमा आशङ्का व्यक्त गरेका छन् । विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए पनि…