मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बालिकालाई अपहरणमा आरोपी सार्वजनिक

बालिकालाई अपहरणमा आरोपी सार्वजनिक


नुषा । धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका तीनजना आरोपितलाई प्रहरीले  सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा तीनजना आरोपितलाई प्रहरीले आज सार्वजानिक गरेको हो ।
 
पक्राउ पर्नेहरूमा धनुषाधाम नपा–३ सिकियाही बस्ने २१ वर्षीय अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय रविकुमार दास र कमला नपा–८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 
उनीहरूले बालिकालाई अपहरण गरी अभिभावकसँग १५ फिरौती बापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 
बालिका आफ्नै डेरामा खेलिरहेको समयमा चैत १० गते सम्पर्कविहीन भएपछि चैत ११ गते प्रहरीले सकुशल उद्धार गर्न सफल भएका थिए । घटनामा संलग्न आशङ्कामा सात जनालाई गिरफ्तार गरेको थियो ।
 
अनुसन्धानका क्रममा चारजना निर्दोष देखिएकाले छाडिएको र तीनजना संलग्न आरोपित देखिएकाले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । रासस