मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ


गोरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताएका छन् । 
 
बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमका अवसरमा सम्बोधन गर्दै उनले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताएका हुन् ।  
 
संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उनले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको जिकिर गरे । 
 
“प्रतिगमनको खतरा अझै टरेको छैन”, उनले भने, “शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ ।” नेता श्रेष्ठले जनमुखी विकास गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । नेपालको सङ्घीयता विशेष प्रकारको रहेको छ”, उहाँले भन्नुभयो, “सङ्घीयता स्थापित भएसँगै नेपाली जनताको अधिकार सङ्घ प्रदेश हुँदै गाउँसम्म पुगेको छ ।”
 
माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा सङ्घीयता स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले नर्कान नसक्ने उल्लेख गर्दै उनले अब विकास र समृद्धिमार्फत सङ्घीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिए । 
 
“सङ्घीयता स्थापनापछि त्यसको कार्यान्वयनमा केही कमीकमजोरी भएका छन्”, उनले भने, “त्यस्ता कमीकमजोरीलाई समीक्षा गर्दै जनताको घरदैलोमा पुग्नुपर्ने बेला आएको छ, अब हामीले जनतालाई बुझाउनु पनि पर्छ ।” रासस