लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता बनेको बताउँदै संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायीरूपमा जोगाउन पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको…