इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उमेदवारलाई चुनौती दिएका छन् । सुनसरीमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री कार्कीले विपक्षी दलका उमेदवारप्रति लक्षित गर्दै व्यक्तिगत लाञ्छना लगाउने कार्य तत्काल बन्द गरेर एजेन्डासहित खुल्ला बहसका लागि आउन चुनौती दिए । चुनावी एजेन्डा नभएका केही उमेदवारले…