मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : लिङ्देन

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : लिङ्देन

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली सरकारले एनसेललाई किस्ताबन्दीमा कर तिर्ने छूट दिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा बोल्दै अध्यक्ष लिङ्देनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् ।

उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहीँ पनि विवादित नभएको कम्पनी नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष लिङ्देनले सरकार कामकुरो एकातिर कुम्लो बोकी थिमीतिर भनेजस्तो गरिरहेको आरोप लगाए ।

सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छूट दिएको आरोप लगाए । उनले यस विषयमा आउँदा दिनमा आफूले विस्तृतरूपमा कुरा उठाउने बताए ।