ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेको द वासिङ्टन पोस्टले आइतबार बताएको छ । डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार-ए-लागो एस्टेटबाट फोन गरेको समाचारमा उल्लेख छ । ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, ‘हामी…