हिमालयखवर संवाददाता टेक्सस(अमेरिका)- अमेरिकाको इमिग्रेशन प्रशासन इमिग्रेशन एण्ड कस्टम्स् इन्र्फोस्मेण्ट (आईसीई)ले कागजात विहीन गैरकानुनी रूपमा अमेरिका बस्नेलाई हटाउने नीति अनुसार तीन दिनमा उत्तर टेक्सस र अक्लोहामा राज्यमा ८६ जनालाई पक्राउ गरेको छ । अपराधको रेकर्ड भएका र इमिग्रेशन कानुन विपरीत अमेरिका बस्दै आएका कागजात विहीनलाई पक्राउ गरिएको हो । तिने दिने उक्त अपरेशन बिहीबार सकिएको थियो…