मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनका नेपाली पहिलो सामुहिक होली मनाउँदै

ह्युस्टनका नेपाली पहिलो सामुहिक होली मनाउँदै


ह्युस्टन (टेक्सस)- ह्युस्टनमा पहिलोपल्ट नेपालीहरुले  सामुहिक र संस्थागतरुपमा होली पर्व मनाउने भएका छन् । 
 
नेप्लिज एशोसिएसन अफ ह्युस्टन (NAH)र एशोसिएसन अफ नेप्लिज तराइन इन अमेरिका (ANTA)-को संयुक्त आयोजनामा आगामी  मार्च ४ तारिक आइतबार पशुपति मन्दिर परिसरमा रंगिन होली मनाउने विशेष तयारी गरिएको जानकारी एनएएचले दिएकोछ । 
 
अघिल्ला वर्षहरुमा भारतीयहरुले आयोजना गर्ने होली समारोहमा केही नेपालीहरु सहभागी हुने गर्दथे । यो वर्षदेखि भने पशुपति मन्दिर र  सामुदायिक केन्द्र  नेपालीहरुको स्वामित्वमा भएकोले आफ्नै पहलमा होली पर्व मनाउने तयारी गरिएको बताइएको छ । 
 
देशव्यापीरुपमा होली मनाइए पनि नेपालको तराई क्षेत्रको होली पर्व विशेष उल्लासमय हुन्छ । ग्रेटर ह्युस्टनमा बसोबास गर्ने तराइवासी नेपालीहरु त्यसैले यो वर्षको होली उत्साहकासाथ मनाउने तयारीमा जुटेका देखिन्छन् । आगामी आइतबार बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म मनाइने सो होली समारोहमा गीत संगीत , रङ्ग आदान प्रदान , स्वादिलो खाना र चङ्गा उडाइने कार्यक्रम राखिएको कुरा आयोजकहरुले बताएकाछन् । 
 
होली समारोहमा प्रवेश निशुल्क गरिएको तर पाँच डलरमा रङ्गको प्याकेट किन्नु पर्ने व्यवस्था मिलाइएको छ । ह्युस्टनका नेपालीहरुको प्रथम सामुहिक होली अत्यन्त रमाइलो र उल्लासपुर्ण हुने आयोजकहरुको विश्वास छ । समारोहमा व्यापक सहभागितकोलागि आह्वान समेत गरिएकोछ ।