एडमन्टन, (क्यानडा)– नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे)ले संस्था स्थापनाको २० वर्षको उपलक्ष्यमा गरेको विशेष प्रकाशन ‘कनेक्शन, भ्वाइस अफ नेप्लिज कम्युनिटी’ सार्वजानिक गरेको छ । क्यानडाको अल्बर्टा प्रान्तीय सरकारकी श्रम मन्त्री क्रिस्टिना ग्रे, एमएलए रड लयला, एमएलए डेनिसे उलार्ड र नेकासेका संस्थापक अध्यक्ष रामेश्वर अधिकारीले संयुक्त रुपमा कनेक्शन सार्वजनिक गरे । कनेक्सनमा नेपाल…