मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपथ्यले आज ड्यालसमा कन्सर्ट गर्दै

नेपथ्यले आज ड्यालसमा कन्सर्ट गर्दै


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – नेपालको चर्चित व्याण्ड नेपथ्यले शनिबार अमेरिकाको ड्यालसमा सांगितिक माहौल तताउँदैछ । 
 
अमेरिकाको सांगितिक टुरको क्रममा केही दिन अघि ड्यालस आइपुगेको नेपथ्यको टोलीले शनिबार साँझ ड्यालसका नेपाली समुदायमाझ कन्सर्ट दिँदैछ । सांगितिक टुरको सिलसिलामा नेपथ्यका अमृत गुरुङ सहितको १० जनाको टोली अमेरिका आइसकेको छ । 
 
यस पटक नेपथ्यले ड्यालस र बोस्टनमा आफ्नो प्रस्तुति दिने यस पटक टुरको समन्वय गरिरहेका डिजे मम (विपिन थकाली) ले जानकारी दिए । शनिबार ड्यालसमा हुने कार्यक्रमको सबै तयारी पुरा भैसकेको र झण्डै दुईहजार टिकट बिक्री भएको समेत उनले बताए । 
 
मम इन्टरटेनमेन्ट, वाइज इन्टरटेनमेन्ट, निरज पन्त, बिपी इन्टरटेनमेन्ट र एभरेष्ट रेष्टुराको संयुक्त आयोजनामा यस पटक नेपथ्यको लाइभ सांगितीक कार्यक्रम हुन लागेको हो । यो सांगितीक यात्राका लागि आयोजकहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम नेपथ्य व्याण्डलाई तिरेको चर्चा ड्यालसमा चलेको छ । शनिबार ड्यालसको २७१३ क्यान्टोन स्ट्रिटमा कन्सर्ट हुँदैछ । 
 
नेपथ्यले अर्को प्रस्तुति भने आउँदो जुन २४ तारिक बोस्टनमा दिँदैछ । नेपथ्यको ड्यालस कन्सर्टको टिकट दर ३८ डलर र भिआइपीका लागि ६३ डलर राखिएको छ ।

शेयर गर्नुहोस:

27
Shares