हिमालयखवर संवाददाता- ह्युस्टन, टेक्सस(अमेरिका)- आइतबार बिहान ११ बजेदेखि पशुपति मन्दिर परिशरमा नेपालीहरु जम्मा हुन थालिसकेका थिए । पहिलोपल्ट आयोजित सामुहिक होलीको उमङ्ग खेर जान दिनुहुदैन भन्ने उत्साहले उनीहरुलाई त्यहाँ तानेको थियो । होली आफैंमा रङ्गहरुको पर्व ( राग, द्वेस , ईर्ष्या र घॢणा त्यागेर एकापसमा माया र सद्भाव साट्ने अवसरको पर्व । त्यही सद्भाव र माया…