मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एन आर एन ए स्पेनले गर्यो पत्रकार अम्माईलाई सम्मान

एन आर एन ए स्पेनले गर्यो पत्रकार अम्माईलाई सम्मान


– भोला लामिछाने 
यूरोप- एन आर एन ए स्पेनको बार्सिलोनामा रहेको आफ्नै कार्यलयमा आयोजीत एक औपचारीक कार्यक्रममा संघ ले नेपाल  पत्रकार महासंघ यूरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई लाई स्वागत तथा सम्मान गरेको छ । बेल्जीयम निवासी पत्रकार अम्माई  बार्सिलोना भ्रमणमा आएको मौका पारेर संघ ले स्वागत तथा सम्मान गरेको हो । 
 
कार्क्रममा पत्रकार अम्माईले नेपाली डायसफोरा मा रहेका पत्रकार र  बिभीन्न संघ संस्थाहरू सग नडं र मासुको सम्बन्ध रहेको बताउदै निश्पक्ष कलम चलाईरहदा आउने केही समस्याहरू लाई एक आपसमा बसेर सल्लाह गरेर समाधान गर्न सकीने बताउदै आफुलाई सम्मान गरेको मा  एन आर एन ए स्पेनलाई धन्यबाद दिए । 
 
साथै संघको कार्यालयमा आयोजना गरिएको शुसी खाना तालीम सम्पन्न गरिए सगै तालिममा सहभागी प्रशिक्षाथ्री तथा प्रशीक्षक हरूलाई प्रमाण पत्र वितरण गर्दै  सम्मान समेत गरिएको थियो । 
 
कार्यक्रमा स्पेन स्थित बिभीन्न संघ संस्था का प्रतिनीधी लगायत पत्रकारहरूको उपस्थीती रहेको थियो ।