हिमालयखवर संवाददाता
अमेरिका- कोरोना भाइरसका कारण न्यूयोर्कमा एक जना नेपालीको मृत्यु भएपछि नेपाली समुदायमा पनि त्रास फैलिएको छ ।
अहिले अमेरिकामा कयौं नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । नेपाली समुदाय परिवार र जमघटमा वस्नेभएकाले यहां कोरोना संक्रमण छिटो फैलिने त्रास पनि छ । केही नेपालीले सामाजिक संजालमा आईसोलेशनमा बसेको जनाएका छन् ।
कोरोना भाइरस भएका करिव ५० बर्षका एक जना नेपालीको न्यूयोर्कमा मृत्यु भएको थियो । उनले उवर चलाउंदै आएको वताईएको छ । उनमा अन्य स्वास्थ्य समस्या पनि भएकाले वताईएको छ ।
स्टोर, ग्यांस स्टेशन, फुड डेलिभरी लगायतमा नेपाली समुदाय काम गर्ने भएकाले पनि संक्रमणको जोखिम बढी छ ।
अहिले नेपालीहरुको ठुलो वसोवास रहेका न्यूयोर्क, टेक्सस, वासिंटन, क्यालिर्फोनिया जस्ता राज्यमा कोराना भाइरसको संक्रमण वढ्दो क्रममा छ ।
टेक्ससको नेपाली समुदायको मुख्य वस्ती रहेको टेरेण्ट काण्टीमा मंगलवार लकडाउनको घोषणा गरिएको छ । कोलोराडोको डेनभर लगायत कयौं शहर अहिले लकडाउनमा छन् । नेपालीलाई तत्काल खानाको समस्या नभएपनि काम भने प्रभावित भएको छ । कयौंले रोजगारी गुमाएका छन् ।
न्यूयोर्क, टेक्सस, कोलोराडोमा केही नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । तर, यसको पुष्टि हुुन बांकी छ ।
समस्यामा परेका नेपालीलाई कसरी सहयोग गर्ने भन्ने पनि समुदायमा चर्चा शूरु भएको छ ।
अहिलेसम्म अमेरिकामा करिव ५० हजार कोरोना भाइरस संक्रमित देखिएका छन् । जसमध्ये ६ सय १ जनाको मृत्यु भएको जनाईएको छ । यो अझै वढ्दो क्रममा रहेकाले समेसम्म घरवाहिर ननिस्कन स्थानिय प्रशासनले आग्रह गरेको छ ।
अमेरिकामा स्टोरहरुमा खानेकुराको खासै अभाव भने छैन ।
कोरोना भाइरसको संक्रमण वढ्दै गएपछि भारतले पनि तीन साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । नेपाली पनि अहिले एक साताका लागि लकडाउनमा छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया