लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म ७८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीले ज्यान गुमाएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा…