मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रुसमा संक्रमितको संख्या तीन लाख बढी, करिब तीन हजारको मृत्यु

रुसमा संक्रमितको संख्या तीन लाख बढी, करिब तीन हजारको मृत्यु


मस्को । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या ३ लाख ८ हजार ७०५ पुगेको छ ।
 
अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा मात्रै झण्डै आठ हजार ७६४ नयाँ सङ्क्रमित थपिएका छन् । 
 
त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको  पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् । 
 
देशको राष्ट्रिय कोरोना भाइरस नियन्त्रण केन्द्रले बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ । 
 
विश्वमै धेरै सङ्क्रमितहरु रहेकोमध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सर्बभन्दा अगाडि अमेरिका रहेको छ । 
 
अमेरिकामा अहिलेसम्म १५ लाख ९३ हजार ७७७ नागरिक कोरनो भाइरसबाट सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार २८९ जना त पछिल्लो २४ घन्टामा थपिएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ९३ हजार ५३३ रहेको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares